नेपाल र बंगलादेशबीच अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धामा नेपाल २-० गोलले पराजित भयो।
बंगलादेशको राजधानी ढाकामा भएको खेलमा गोलकिपर किरण चेमजोङले नेपाली टिमको कप्तानी गरे।
टिमको डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी र विकास खवास छन्।
खेलको दशौं मिनेटमा बंगलादेशका मोहमद नबिबले गोल गरे। पहिलो हाफको खेल बंगलादेशले १-० को अग्रता लिएको अवस्थामा सकियो। ८० मिनेटमा बंगलादेशका रहमानले दोस्रो गोल गरे।
LIVE हेर्नुहोस् :-
दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। २३ मध्ये नेपालले ७ खेलमा मात्र निकालेको छ। १३ खेलमा नेपाल पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएका छन्।
बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा नेपाल तीन खेलमा विजयी भएको छ। एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ।
नेपाली राष्ट्रिय टिम झण्डै एक वर्षपछि मैदान उत्रन लागेको हो। नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी साता एक वर्ष पूरा हुँदैछ।
फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।
त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन नसकेको हो।
समग्र अन्तर्राष्ट्रिय खेलमा नेपाल पछिल्ला चार खेलमा पराजित भएको छ। चार खेलमा नेपालले १२ गोल खाएको छ भने कुनै पनि गोल गर्न सकेको छैन।
नेपाल र बंगलादेशबीचका पछिल्ला पाँच खेलको नतिजा
बंगलादेश भर्सेस नेपाल : ०-२ (नेपाल विजयी) - साफ च्याम्पियनसिप २०१८
नेपाल भर्सेस बंगलादेश : २-० (नेपाल विजयी) - साफ च्याम्पियनसिप २०१३
बंगलादेश भर्सेस नेपाल : २-० (बंगलादेश विजयी) - एएफसी एसिया कप २०१३
नेपाल भर्सेस बंगलादेश : १-१ (बराबरी) - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण २०१२
नेपाल भर्सेस बंगलादेश : १-० (नेपाल विजयी) - साफ च्याम्पियनसिप २०११
नेपालका पछिल्ला ६ अन्तर्राष्ट्रिय खेल
नेपाल भर्सेस कुवेत : १-० गोलले पराजित (विश्वकप छनोट)
नेपाल भर्सेस म्यानमार : ३-० गोलले पराजित (अन्तर्राष्ट्रिय मैत्रीपूर्ण)
नेपाल भर्सेस जोर्डन : ३-० गोलले पराजित (विश्वकप छनोट)
नेपाल भर्सेस अस्ट्रेलिया : ५-० गोलले पराजित (विश्वकप छनोट)
नेपाल भर्सेस चाइनिज ताइपेई : २-० गोलले विजयी (विश्वकप छनोट)
नेपाल भर्सेस कुवेत : ७-० गोलले पराजित (विश्वकप छनोट)
बंगलादेशविरुद्ध खेल्ने नेपाली टिम
अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ