इंग्लिस फुटबल लिग (इएफएल) कपमा म्यानचेस्टर सिटीले डर्बी भिडन्तमा म्यानचेस्टर युनाइटेडलाई हराएको छ।
बुधबार भएको सेमिफाइनलमा सिटीले युनाइटेडलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
सिटीको जितमा जोन स्टोन्स र फर्डिनान्डोले गोल गरे।
स्टोन्सले ५० मिनेटमा पहिलो गोल गरेका थिए।
फर्डिनान्डोले ८३ मिनेटमा सिटीको अग्रता दोब्बर पारे।
अब उपाधिका लागि सिटीले टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ।
टोटेनहमले मंगलबार भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई २-० ले हराएको थियो।