एफए कपमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ।
शनिबार भएको तेस्रो चरणको खेलमा युनाइटेडले वाटफोर्डलाई १-० गोलले पराजित गर्यो।
युनाइटेडको जितमा म्याकटोमिनेले गरेको गोल निर्णायक बन्यो।
उनले खेलको पाँचौ मिनेटमा गोल गरेर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।
यता आर्सनलले न्युकासल युनाइटेडलाई २-० गोलले हराएको छ।
आर्सनलले दुवै गोल थप गरिएको समयमा गरेको थियो। खेलको १०९ मिनेटमा स्मिथ रेवे र ११७ मिनेटमा अउबामेयाङले गोल गरे।
प्रतियोगिताको अर्को खेलमा एभर्टनले रोदरहमलाई २-१ गोलले पराजित गरेको छ।
ब्ल्याकपुल र वेस्टह्यामबीचको खेल २-२ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा ब्ल्याकपुल विजयी भएको छ।