स्पेनिस महारथी क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको सेमिफाइनलमा रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।
खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरी सकियो।
पेनाल्टी सुटआउटमा बार्सिलोनाका रिक्युइ पुइगले निर्णायक गोल गरे।
त्यसअघि बार्सिलोनाका एन्टोनी ग्रिजम्यान र डे जोङको पेनाल्टी प्रहार असफल भएको थियो।
बार्सिलोना गोलकिपर मार्क आन्देले सोसिडाडका दुई पेनाल्टी प्रहार विफल पारे।
अब उपाधिका लागि बार्सिलोनाले रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।