एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ। आइतबार राति भएको उपाधि भिडन्तमा बिल्बाओले बार्सिलोनालाई ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो।
खेलको ४० मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
४२ मिनेटमा बिल्बाओका मार्कोसले बराबरी गोल फर्काए।
७७ मिनेटमा बार्सिलोनाले दोस्रो पटक अग्रता लियो। यसपटक पनि ग्रिजम्यानले गोल गरे।
९० मिनेटमा बिल्बाओले बराबरी गोल फर्काउन सफल भयो। उसका भिल्लारिब्रेले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए।
त्यसपछि खेलमा ३० मिनेट थप गरियो। ९३ मिनेटमा विलियम्सले गोल गरेर बिल्बाओलाई ३-२ ले अघि बढाए।
थप समयको अन्तिम मिनेटमा लिओनल मेसीले रातो कार्ड पाए।
बिल्बाओका खेलाडीलाई मेसीले हातले धकेलेर लडाएका थिए। त्यसपछि रेफ्रीले भिएआर रिभ्यू हेर्दै मेसीलाई रातो कार्ड दिएका हुन्।