इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल र शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्।
आइतबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
बराबरीमा रोकिएसँगै युनाइटेडले शीर्ष स्थानमा तीन अंकको अग्रता लिन चुकेको छ। यता लिभरपुलले पनि शीर्ष टिमसँग अंक बराबरी गर्ने अवसर खेर फालेको छ।
लिगको अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-० गोलले हराएको छ।
सिटीका लागि स्टोन्सले खेलको २६ र ६८ मिनेटमा गरी दुई गोल गरे।
गुन्डोगनले ५६ मिनेटमा र स्टर्लिङले ८८ मिनेटमा गोल गर्दा सिटीले सानदार जित हात पारेको हो।
टोटेनहमले पनि जित निकाल्ने क्रममा सेफिल्ड युनाइटेडलाई ३-१ गोलले पराजित गरेको छ।
लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले १८ खेलबाट ३७ अंक जोडेको छ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको १७ खेलबाट ३५ अंक भएको छ।
३५ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ भने लिभरपुल ३४ अंक जोडेर चौथो स्थानमा झरेको छ।
टोटेनहम ३३ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।