'इटालियन सिरि ए' को अंक तालिकामा शीर्ष स्थानमा रहेको एसी मिलान पराजित भएको छ। शनिबार भएको खेलमा मिलानलाई एटलान्टाले ३-० गोलले पराजित गरेको हो।
खेलको २६ मिनेटमा रोमेरोको गोलबाट एटलान्टाले अग्रता लियो।
५३ मिनेटमा एटलान्टाले पेनाल्टी पायो। प्राप्त अवसरमा इलिकिकले गोल गरे।
७७ मिनेटमा जपाटाले एटलान्टाका लागि तेस्रो गोल गरे।
यता एसी मिलानसँग अंक बराबरी गर्ने अवसर इन्टर मिलानले गुमाएको छ।
इन्टर मिलानलाई उडिनेसेले गोलरहित बराबरीमा रोकियो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानको १९ खेलबाट ४३ अंक छ।
इन्टर मिलानको समान खेलबाट ४१ अंक छ। रोमा १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
चौथो स्थानको एटलान्टाले १९ खेलबाट ३६ अंक जोडेको छ।