'इटालियन सिरि ए' मा साविक विजेता युभेन्ट्सले बोलोग्नालाई २-० गोलले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा युभेन्ट्सका लागि अर्थरले १५ मिनेटमा पहिलो गोल गरे।
अर्थरलाई गोल गर्न क्रिस्टियानो रोनाल्डोले पास उपलब्ध गराएका थिए।
पहिलो हाफमा १-० ले अघि रहेको युभेन्ट्सले खेलको ७१ मिनेटमा अग्रता दोब्बर पारेको थियो। युभेन्ट्सका लागि म्याककेनले दोस्रो गोल गरे।
यसअघि शनिबार भएका खेलमा लिगको शीर्ष टिम एसी मिलान पराजित भएको थियो भने दोस्रो स्थानको इन्टर मिलान बराबरीमा रोकिएका थिए।
अंक तालिकामा युभेन्ट्स चौथो स्थानमा छ। शीर्ष तीन टिम भन्दा एक खेल कम खेलेको युभेन्ट्सले ३६ अंक जोडेको छ।
एक खेल बढी खेलको शीर्ष टिम एसी मिलानको ४३ अंक छ भने दोस्रो स्थानको इन्टरको ४१ र तेस्रो स्थानको रोमाको ३७ अंक छ।
आगामी खेलमा जित हात पारे युभेन्ट्सले शीर्ष दुईमा रहेका मिलानका दुवै क्लबलाई दबाब दिनेछ। किनभने जितले युभेन्ट्सले शीर्ष स्थानको एसी मिलानसँगको अन्तर ४ अंकमा झार्नेछ।