फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरण अन्तर्गत नेपालले अस्ट्रेलियासँग चैत तेस्रो साता प्रतिस्पर्धा गर्ने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटको खेल तालिका परिमार्जन गर्दै नेपाल र अस्ट्रेलियाबीचको खेल दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो।
आगामी मार्च ३० (चैत १७) गते हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
यसअघि नेपालले चैत १२ गते चनाइनिज चाइनिज ताइपेई खेल्ने तय थियो। यो खेल भने अब नुहने भएको छ।
कोरोना भाइरसका कारण विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिनको नियमका कारण खेल तालिका परिमार्जन गरिएको हो।
कोरोना कारण गत मार्च-अप्रिलका लागि तय भएका अझै प्रभावित भइरहेका छन्।
छनोटमा नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। तीनै खेल नेपालको घरेलु मैदानमा हुने तय छ।
अस्ट्रेलियासँग खेलेपछि बाँकी दुई खेलको तालिका परिस्थिति हेरेर प्रकासन गरिनेछ।
यसअघि एन्फाले दशरथ रंगशालामा हुने छनोटमा दर्शकलाई प्रवेश दिइने उल्लेख गरेको थियो। तर यसविषयमा औपचारिक निर्णय भइसकेको छैन।
छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ।
नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।
नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।