अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबसँग एएफसी क्लब लाइसेन्सिङको विषयमा छलफल गरेको छ।
एन्फाले आइतबार क्लबले पूरा गर्नु पर्ने कानुनी प्रक्रिया र युवा विकास कार्यक्रमको विषयमा छलफल गरेको हो।
२०२१ को एएफसी क्लब लाइसेन्सिङ र राष्ट्रिय क्लब लाइसेन्सिङ प्रक्रियाको विषयमा एन्फाले क्लबले गरेको कामको विषयमा जानकारी लिएको थियो।
२०२२ को प्रतियोगिताका लागि नेपालका ए डिभिजन क्लबलाई क्लब लाइसेन्सिङको मापदण्ड पूरा गराउन एन्फाले काम गरिरहेको छ।
गत सिजन नेपालबाट एक क्लबले मात्र एएफसी क्लब लाइसेन्स पाएको थियो। त्रिभुवन आर्मी क्लबले उक्त लाइसेन्स पाएको थियो।
आर्मीले यो सिजन एएफसी कपको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्दैछ।