इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने म्यानचेस्टर सिटीको लक्ष्य थप बलियो भएको छ।
शीर्ष स्थानको सिटीले आइतबार राति भएको खेलमा आर्सनललाई १-० गोलले पराजित गर्यो।
सिटीको जितमा रहिम स्टर्लिङले खेलको दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो।
यता दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले न्युकासललाई ३-१ गोलले पराजित गरेको छ।
युनाइटेडको जितमा रास्फोडले ३० मिनेटमा पहिलो गोल गरे।
यस्तै जेस्सले ५७ मिनेट र ब्रुनो फर्नान्डेजले ७५ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
वेस्ट ह्यामले टोटेनहमलाई २-१ गोलले हराएको छ।
अंक तालिकामा शीर्ष स्थानको सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ।
दोस्रो स्थानको युनाइटेडको ४९ अंक र तेस्रो स्थानको लेस्टरको पनि ४९ अंक नै छ। वेस्ट ह्याम ४५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।