म्यानचेस्ट सिटी इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अघि बढेको छ।
सिटीले मंगलबार राति भएको खेलमा वुल्भ्सलाई ४-१ ले हराएसँगै अंक तालिकामा १५ अंकको अग्रता बनाएको छ। यो सिटीको सबै प्रतियोगितामा गरी लगातार २१औं जित हो।
खेलको १५ मिनेटमा वुल्भ्सका डेन्नडोकरले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले खेलमा अग्रता लियो। ६१ मिनेटमा कोएडीले वुल्भ्सका लागि बराबरी गोल फर्कायो।
सिटीले अन्तिम १० मिनेटमा ३ गोल गर्यो। जसमा गाब्रियल जेससले ८० र पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गरी दुई गोल गरे।
९० मिनेटमा रियाद महारेजले अर्को गोल गरेका थिए।
अंक तालिकाको शीर्ष स्थानमा रहेको सिटीको २७ खेलबाट ६५ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २६ खेलबाट ५० अंक रहेको छ।