स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाको अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनमा ५४ प्रतिशत भोट प्राप्त गर्दै लापोर्टा बार्सिलोनाको अध्यक्ष बनेका हुन्।
गत अक्टोबरमा जोसेप बार्तामेउले राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो।
लापोर्टा दोस्रो पटक क्लबको अध्यक्ष बनेका हुन्। यसअघि सन् २००३ देखि २०१० मा उनी अध्यक्ष थिए।
अध्यक्षको प्रतिस्पर्धामा रहेका भिक्टर फन्टले ३० प्रतिशत भोट पाएर दोस्रो हुँदा टोनी फ्रेइक्सा तेस्रो भए।
बार्सिलोनाको १ लाख ९ हजार ५ सय ३१ भोट मध्ये ५५ हजार ६ सय ११ सदस्यले भोट गरेका थिए।
लापोर्टाको अघिल्लो कार्यकालमा रोनाल्डिन्हो, स्यामुइल इटो जस्ता खेलाडी बार्सिलोनामा भित्रिएका थिए।
लापोर्टा अध्यक्ष निर्वाचित भए लिओनल मेसीले सिजनको अन्त्यबाट क्लब नछाड्ने विश्वास गरिँदै आइएको छ।