स्पेनिस ला लिगाअन्तर्गत एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले बार्सिलोनालाई हराएको छ। शनिबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २-१ गोलले पराजित गर्यो।
बार्सिलोनामाथि रियलले ४३ वर्षपछि लगातार तीन खेल खेलमा जित हात पारेको हो। बार्सिलोनामाथि रियलले यसअघि अक्टोबर २४ मा ३-१ र मार्च २०२० मा २-० को जित हात पारेको थियो।
सन् १९७८ पछि बार्सिलोनामाथि लगातार तीन खेलमा जित हात पार्ने क्रममा रियलका बेन्जिमा र क्रुसले गोल गरे। बार्सिलोनाका मिन्ग्युजाले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
बार्सिलोनामाथि जित हात पारेसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अंक तालिकामा रियल म्याड्रिडले ३० खेलबाट ६६ अंक जोडेको छ।
दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको २९ खेलबाट ६६ अंक छ भने तेस्रो स्थानमा झरेको बार्सिलोनालको ३० खेलबाट ६५ अंक छ।