युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले बराबरी खेलेका छन्।
मंगलबार राति रियलको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
चेल्सीले खेलमा पहिले अग्रता लियो। चेल्सीका लागि पुलिसिकले १४ मिनेटमा पहिलो गोल गरेका थिए।
रियलले २९ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। रियलका लागि करिम बेन्जिमाले बराबरी गोल गरेका हुन्। उनले मिलिटाओको पासमा बराबरी गोल गरे।
लिग अन्तर्गत अर्को सेमिफाइनलमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजीबीच खेल हुनेछ।
सेमिफाइनलको दोस्रो लेग आगामी ५ र ६ मेमा हुनेछ।