नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले पहिलो जित हात पारेको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा पोखराले विराटनगर सिटी एफसीलाई १-० गोलले पराजित गर्यो।
यसअघि पहिलो खेलमा पोखरालाई बुटवल लुम्बिनी एफसीले पराजित गरेको थियो। विराटनगरले भने पहिलो खेलमा धनगढी एफसीलाई हराएको थियो।
बुधबार पोखरालाई पहिलो जित दिलाउने क्रममा कप्तान नवयुग श्रेष्ठ नायक साविक बने। उनले खेलको ८३ मिनेटमा गरेको गोल निर्णायक बन्दा पोखराले जित निकाल्न सक्यो।
मोउसाको फ्रिकिङ बलमा नवयुग श्रेष्ठले हेडमार्फत जामी चुमाएका थिए।
योसँगै एनएसएलको दोस्रो चरणका खेलको सकिएको छ। दोस्रो चरणसम्ममा बुटवल लुम्बिनी एफसी ४ अंक जोडेर शीर्ष स्थानमा छ। बुटवलले दिनको पहिलो खेलमा एफसी चितवनसँग २-२ गोलको बराबरी खेल्यो।
दोस्रो स्थानको विराटनगर सिटीको ३ अंक छ। तेस्रो स्थानको धनगढी र चौथो स्थानको पोखरा थन्डर्सको पनि समान ३-३ अंक छ।
पाँचौ स्थानको काठमाडौं रेजर्सको पनि ३ अंक छ। चितवन २ अंक जोड्दै छैटौं स्थानमा र ललितपुर सिटी १ अंक जोडेर सातौं स्थानमा छ।