नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन्।
बिहीबार दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ७२ मिनेटमा ओलाडिपो ओलावाले आफिजले गोल गर्दै धनगढीलाई पहिले अग्रता दिलाए।
उनले कर्नर बलमा हेडमार्फत गोल गर्दै धनगढीलाई अग्रता दिलाए। जारी लिगमा उनको यो तेस्रो गोल हो। यसअघि उनले अघिल्लो खेलमा दुई गोल गरेका थिए।
७९ मिनेटमा ललितपुरले बराबरी गोल फर्काउन सफल भयो। सब्सिच्युट खेलाडी रञ्जन विष्टले बराबरी गोल गर्न सफल भए।
जारी लिगमा तीन खेल खेल्दा ललितपुर अझै जिनबिहीन छ। पहिलो खेलमा पराजित भएको ललितपुरले पछिल्ला दुई खेलमा बराबरी खेल्यो।
धनगढी भने तीन खेलमा ४ अंक जोडेर देस्रो स्थानमा उक्लियो। शीर्ष स्थानको बुटवल लुम्बिनी एफसीको पनि दुई खेलबाट ४ अंक छ।
अंक तालिकाको पुछारमा रहेको ललितपुरको २ अंक भएको छ।