फ्रेञ्च लिग वानको साविक विजेता पिएसजी बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा पिएसजीलाई रेनेसले १-१ गोलको बराबरीमा रोक्यो।
पहिलो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा नेइमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए।
कुर्जावाले फल गरेपछि भिएआर रिभ्यू हेर्दै पिएसजीलाई पेनाल्टी प्रदान गरिएको थियो।
तर ७० मिनेटमा गुइरासीले रेनेसका लागि बराबरी गोल गरे।
पिएसजीका किम्पेम्बे ८७ मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए।
बराबरीसँगै पिएसजीले शीर्ष स्थानको लिलसँगको अंक दूरी १ मा झार्ने अवसर खेर फाल्यो।
लिगको अन्तिम दुई खेल बाँकी छदा शीर्ष स्थानको लिलको ७९ अंक छ भने दोस्रो स्थानको पिएसजीको ७६ अंक रहेको छ।