स्पेनिस ला लिगाको उपाधि जित्ने अभियानमा रहेको बार्सिलोनाको यात्रामा धक्का लागेको छ।
मंगलबार राति दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोनालाई लेभान्तेले ३-३ गोलको बराबरीमा रोक्यो।
खेलको २५ मिनेटमा लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३४ मिनेटमा गोन्जालेजले अग्रता दोब्बर पारे।
लेभान्तेका मेरेलोले ५७ मिनेट र मोरालेसले ५९ मिनेटमा गोल गरेपछि खेल २-२ गोलको बराबरीमा आएको थियो।
६४ मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोनाले ३-२ को अग्रता लियो। तर ८३ मिनेटमा लिओनल लेभान्तेका लागि बराबरी गोल गरे।
बराबरीसँग बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमायो। अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले ३६ खेलबाट ७६ अंक जोडेको छ। बार्सिलोनाले अब दुई खेल खेल्न बाँकी छ।
तीन खेल खेल्न बाँकी शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ३५ खेलबाट ७७ अंक छ। यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ३५ खेलबाट ७५ अंक छ।