इंग्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा आर्सनलले १-० गोलको जित निकालेको हो।
आर्सनलको जितमा स्मिथ रोवीले १६ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
अघिल्लो खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको चेल्सीले आर्सनलविरुद्धको खेलमा सात परिवर्तन गरेको थियो।
तीन खेलअघि च्याम्पियन बनेको म्यानचेस्टर सिटीले ३५ खेलबाट ८० अंक जोडेको छ।
दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७० अंक छ भने तेस्रो स्थानको लेस्टरको ३६ खेलबाट ६६ अंक र चौथो स्थानको चेल्सीको ३६ खेलबाट ६४ अंक छ। आर्सनल ५५ अंकसहित आठौं स्थानमा छ।