एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ।
बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोलले पराजित गरेसँगै एट्लेटिको सन् २०१४ पछि उपाधि नजिक पुगेको हो।
सोसिडाडविरुद्ध एट्लेटिकोका यानिक कारास्कोले १६ मिनेटमा पहिलो गोल गरे।
२८ मिनेटमा एन्जेल कोरिआले एट्लेटिकोको अग्रता दोब्बर पारे।
सोसिडाडका लागि इगोर जुबेल्डियाले खेलको ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
अब एट्लेटिकोले बाँकी रहेका दुवै खेल जित ११औं पटक ला लिगाको उपाधि जित्नेछ।
उसले ११औं स्थानको ओसासुनासँग आगामी आइतबार र १६ मेमा रेलिगेसन जोनको रियल भालडोलिडसँग खेल्दैछ।
बुधबार हात पारेको जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिकोले चार अंकको अग्रता लिएको छ। उसले ३६ खेलबाट ८० अंक जोडेको छ।
बार्सिलोना ३६ खेलबाट ७६ अंक जोड्दै दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियल म्याड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ।
बुधबार भ्यालेन्सियालाई १-० गोलले पराजित गरेको चौथो स्थानको सेभियाको ३६ खेलबाट ७४ अंक छ।