सिजनको 'इटालियन सिरि ए' को उपाधि जितेको इन्टर मिलानलाई युभेन्ट्सले पराजित गरेको छ।
शनिबार भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै शीर्ष चारमा रहेर युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने आसा जीवितै राखेको छ।
खेलको २४ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाए। ३३ मिनेटमा इन्टरका लुकाकुले पेनाल्टीमा गोल फर्काए।
पहिलो हाफको तेस्रो मिनेटमा जु कार्ड्राडोले युभेन्ट्सका लागि दोस्रो गोल गरे। ८३ मिनेटमा युभेन्ट्सका चिलेनीले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो। तर ८८ मिनेटमा काड्राडोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३-२ को अग्रता दिलाए।
खेलमा युभेन्ट्सका बेन्टाकुलर ५५ मिनेटमा र इन्टरका ब्रोजोभिक दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
जितपछि अंक तालिकाको चौथो स्थानमा उक्लिएको युभेन्ट्सले अन्तिम खेलअघि ७५ अंक जोडेको छ। पाँचौ स्थानको नापोलीको दुई खेल बाँकी छदा ७३ अंक छ।
उपाधि जितेको शीर्ष इन्टरको अन्तिम खेलअघि ८८ अंक छ। दोस्रो स्थानको एटलान्टाको ७८ अंक र दुई खेल्न बाँकी तेस्रो स्थानको एसी मिलानको ७५ अंक छ।