स्पेनिस ला लिगामा रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा रियलको जितमा नाचोले खेलको ६८ मिनेटमा गोल गरेका थिए।
जितसँगै रियलको ला लिगाको उपाधि जित्ने झिनो आसा बाँकी छ।
अन्तिम खेलमा रियलले भिल्लारियसँग खेल्दैछ। सो खेलमा रियलले जित हात पार्दा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड पराजित भएमा रियलले लिगको उपाधि जित्नेछ।
यता बार्सिलोना भने घरेलु मैदानमा पराजित भयो। बार्सिलोनालाई सेल्टा भिगोले २-१ गोलले हरायो। सेल्टाका लागि मिना लोरेन्जोले ३८ र ८९ मिनेटमा गोल गरे।
बार्सिलोनाका लागि लिओनल मेसीले २८ मिनेटमा गोल गरेका थिए।
अन्तिम खेलअघि शीर्ष स्थानको एट्लेटिकोको ८३ अंक छ भने दोस्रो स्थानको रियलको ८१ अंक छ। बार्सिलोना ७६ अंक जोड्दै तेस्रो स्थानमा छ। आइतबार हारेसँगै बार्सिलोनाको उपाधि यात्रा सकियो।