युरो २०२० मा अस्ट्रियाले विजयी सुरूवात गरेको छ।
अस्ट्रियाले आइतबार राति सकिएको खेलमा नर्थ म्यासेडोनियामाथि ३-१ गोलको जित निकाल्यो।
खेलको १८ मिनेटमा लाइनरको गोलबाट अस्ट्रियाले अग्रता लियो।
तर २८ मिनेटमा नवप्रवेशी टिम म्यासेडोनियाले बराबरी गोल फर्कायो। उसका लागि पाण्डेभले गोल गरे।
अन्तिम १२ मिनेट बाँकी छदा अस्ट्रियाले दुई गोल गर्न सफल भयो।
खेलको ७८ मिनेटमा ग्रेगोरिस्टले गोल गर्दै अस्ट्रियालाई २-१ गोलले अघि बढाए।
एक मिनेट बाँकी छदा अर्नाटोभिकले अस्ट्रियाका लागि तेस्रो गोल गरे।
जितसँगै अस्ट्रियाले समूह 'सी' मा तीन अंक जोडेको छ।