युरो २०२० मा नेदरल्यान्ड्सले रोमाञ्चक जित दर्ता गराएको छ। सोमबार विहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले युक्रेनमाथि ३-२ गोलको जित हात पारेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ५ गोल भएको थियो।
खेलको ५२ मिनेटमा वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। वोट वेघर्स्टलेले ५९ मिनेटमा घरेलु टिमको अग्रता दोब्बर पारेका थिए।
त्यसपछि युक्रेनले दुई गोल गर्दे खेललाई बराबरीमा ल्यायो। ७५ मिनेटमा यारमेलेन्कोले पहिलो गोल गर्दा ७९ मिनेटमा येरेमचुकले दोस्रो गोल गरेका थिए।
८५ मिनेटमा नेदरल्यान्ड्सका लागि डेन्जेल डमफ्रिजले तेस्रो गोल गर्दै टिमलाई ३-२ ले अघि बढाए।
जितसँगै नेदरल्यान्ड्सले समूह 'सी' मा ३ अंक जोडेको छ। यसअघि यो समूहको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ गोलले पराजित गरेको थियो।