कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिलले सानदार सुरूवात गरेको छ।
सोमबार विहान सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलालाई ३-० गोलले पराजित गरेको हो।
खेलको २३ मिनेटमा मार्किन्हसको गोलबाट ब्राजिलले अग्रता लिएको थियो।
खेलको ६४ मिनेटमा ब्राजिलले नेइमारले पेनाल्टीमार्फत गरेको गोलबाट अग्रता दोब्बर पार्यो।
भेनेजुएलाका कुमानाले ब्राजिलका लुइस मार्टिनेजेलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
खेल सकिन एक मिनेट बाँकी छदा ब्राजिलले तेस्रो गोल गर्न सफल भयो। ब्राजिलका लागि तेस्रो गोल गाब्रियल बार्बोसाले गरे।
नेइमारले उपलब्ध गराएको पासमा उनले क्लोज रेन्जबाट गोल गरेका थिए।