युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह 'बी' अन्तर्गत साँझ ६:४५ बजे फिनल्यान्ड र रसियाबीच खेल हुँदैछ। खेल रसियाको सेन्ट पिटर्सवर्गमा हुनेछ।
पहिलो खेलमा युरोमा नवप्रवेशी फिनल्यान्डले डेनमार्कलाई हराएको थियो। रसिया भने पहिलो खेलमा पराजित भएको थियो।
रसियालाई बेल्जियमले ३-० गोलले पराजित गरेको थियो। अन्तिम १६ मा स्थान बनाउनका लागि रसिया आज घरेलु मैदानमा जित निकाल्ने योजनामा छ।
राति ९:४५ बजे हुने समूह 'ए' को खेलमा टर्की र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आजरबैजानको बाकुमा हुनेछ।
पहिलो खेलमा टर्की पराजित हुँदा वेल्सले बराबरी खेलेको थियो। टर्कीलाई इटालीले ३-० गोलले पराजित गरेको थियो। वेल्सले भने स्विट्जरल्यान्डसँग बराबरी खेलेको थियो।
समूह 'ए' कै खेलमा राति १२:४५ बजे इटाली र स्विट्जरल्यान्डबीच खेल हुनेछ। खेल इटालीको रोममा हुनेछ।
पहिलो खेलमा जित निकालेको इटाली दोस्रो जित निकालेर अन्तिम १६ को यात्रा बलियो बनाउन चाहन्छ। पहिलो खेलमा बराबरीमा रोकिएको स्विटरल्यान्डका लागि इटालीविरुद्धको खेल महत्वपूर्ण छ।