युरो २०२० को समूह चरणको खेल सकिएका छन्। समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ।
अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाए। तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन्।
समूह 'ए' बाट इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा पुगे।
समूह 'बी' बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भए। फिनल्यान्ड ३ अंक जोडेर तेस्रो बने पनि अन्तिम १६ मा पुग्न सकेन।
यस्तै समूह 'सी' बाट नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे। युक्रेनले ३ अंक जोडे पनि गोलअन्तरमा अघि रहन सफल भयो। उसले गोलअन्तरमा फिनल्यान्ड र स्लोभाकियालाई पछि पर्यो।
समूह 'डी' बाट इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे।
समूह 'ई' मा स्विडेन विजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे। अन्तिम खेलमा स्पेनसँग ५-० ले पराजित हुँदा स्लोभाकिया ३ अंक जोडे पनि उत्कृष्ट तेस्रो टिम हुन सकेन। स्लोभाकिया युक्रेनसँग गोलअन्तरमा पछि पार्यो।
समूह 'एफ' बाट फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगे।
अब अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुनेछ।
अन्तिम १६ का खेलहरू
वेल्स भर्सेस डेनमार्क - असार १२ गते राति ९:४५ बजे - आम्स्टर्डम
इटाली भर्सेस अस्ट्रिया - असार १२ गते राति १२:४५ बजे - लन्डन
नेदरल्यान्ड्स भर्सेस चेक - असार १३ गते राति ९:४५ बजे- बुडापेस्ट
बेल्जियम भर्सेस पोर्चुगल - असार १३ गते राति १२:४५ बजे- सेभिया
क्रोएसिया भर्सेस स्पेन - असार १४ गते राति ९:४५ बजे- कोपनहगेन
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड - असार १४ गते राति १२:४५ बजे - बुचारेस्ट
इंग्ल्यान्ड भर्सेस जर्मनी - असार १५ गते राति ९:४५ बजे - लन्डन
स्विडेन भर्सेस युक्रेन - असार १५ गते राति १२:४५ बजे- ग्लाजगो