एएफसी वुमन्स एसियन कपको छनोटमा नेपाल समूह 'एफ' मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपालसहित हङकङ र फिलिपिन्स यो समूहमा परेका छन्।
फिफा वरीयतामा फिलिपिन्स ६८औं, हङकङ ७६औं र नेपाल १०१औं स्थानमा छन्।
समूहको खेल नेपालमा हुनेछन्। खेल सेप्टेम्बर २०२१ मा हुनेछ।
समूहको शीर्ष टिम जनावरी २०२२ मा भारतमा हुने एएफसी वुमेन्स एसियन कपमा छनोट हुनेछ।
छनोटमा आठ समूहमा भिडन्त हुनेछ। आठ समूहका शीर्ष आठ टिम, आयोजक भारत, जापान, अस्ट्रेलिया र चीन गरी १२ टिमबीच वुमेन्स एसियन कपमा प्रतिस्पर्धा हुनेछ।
वुमन्स एसियन कप भारतका तीन शहरमा सञ्चालन हुनेछ।