इटालियन गोलकिपर डोन्नारूम्मा फ्रेञ्च क्लब पिएसजीमा आबद्ध भएका छन्। २२ वर्षीय डोन्नारूम्मा र पिएसजीबीच पाँच वर्षको सम्झौता भएको छ।
गत सिजन इटालियन क्लब एसी मिलानसँग उनको सम्झौता सकिएको थियो।
युरो २०२० मा इटालियन टिमबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए। इटालीलाई उपाधि दिलाउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
गत आइतबार राति इंग्ल्यान्ड र इटालीबीचको उपाधि भिडन्तको खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा डोन्नारूम्माले इंग्ल्यान्डका दुई पेनाल्टी विफल पार्दा इटालीले उपाधि जितेको थियो। जससँगै उनी युरो २०२० को उत्कृष्ट खेलाडी घोषित भएका थिए।
उनले आफू नयाँ चुनौतीका लागि तयार भएको बताएका छन्।
इटालीका लागि ३३ खेल खेलेका उनी इटालीको प्रशिक्षकमा रोबर्टो मान्सिनी नियुक्त भएपछि पहिलो रोजाइमा परेका थिए।
एसी मिलानबाट भने उनले २५२ खेल खेले। उनले १६ वर्षको उमेरमा क्लबमा डेब्यू गरेका थिए।