अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यकारिणी समितिको बैठकको माग गर्दै तीन उपाध्यक्ष र एक केन्द्रीय सदस्यले अध्यक्षलाई पत्र पठाएका छन्।
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा केन्द्रीय सदस्य दावा लामाले बैठक माग गर्दै आइतबार एन्फामा पत्र दर्ता गराएका छन्
'आज भन्दा एक महिनाअघि हामीले भिन्न भिन्न मितिमा भिन्न भिन्न पत्र पठाइ अखिल नेपाल फुटबल संघको केन्द्रिय कार्यकारिणी समितिको बैठकको माग गरेकोमा महिना दिन बितिसक्दा पनि बैठक बस्ने बारे केही सूचना नआएकाले पुन: यो पत्र लेखी अखिल नेपाल फुटबल संघको केन्द्रिय समितिको बैठक यथासिघ्र बस्नका लागि अनुरोध गर्दछौं, ' चार जनाले संयुक्त रुपमा लेखेको पत्रमा भनिएको छ।
एन्फामा पछिल्लो समय यू-१३ को छनोटमा भएको विवादको विषयमा छलफल भएको छैन।
यस्तै हवाइ टिकट लगायतको विषयमा केन्द्रीय पदाधिकारीको असन्तुष्टि छ।
आइतबार दर्ता गरिएको पत्र
यसअघि गत जेठ ३० गते वरिष्ठ उपाध्यक्ष नेम्बाङले पठाएको पत्र