युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलले विजयी सुरूवात गरेको छ।
समूह ‘बी’ को खेलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि ३-२ को जित निकालेको हो।
पहिलो हाफमा २-१ ले पछि परेको लिभरपुलले दोस्रो हाफमा २ गोल गरेको थियो।
खेलको नवौं मिनेटमा एसी मिलानका तोमोरीले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिन सफल भयो।
एसी मिलानले पहिलो हाफको अन्तिम तीन मिनेटभित्र दूई गोल गर्यो। ४२ मिनेटमा रेबिकले बराबरी गोल फर्काउँदा ४४ मिनेटमा डियाजले दोस्रो गोल गर्न सफल भए।
लिभरपुलका लागि ४८ मिनेटमा मोहमद सलाहले बराबरी गोल गर्न सफल भए। हेन्डर्सनले ६९ मिनेटमा तेस्रो गोल गर्दा लिभरपुलले खेलमा अग्रता लिएको थियो।
यो समूहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र पोर्चुगिज क्लब पोर्टोले गोलरहित बराबरी खेलेका छन्।