इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ।
आइतबार भएको खेलमा म्यानचेस्टरले वेस्ट ह्याम युनाइटेडलाई २-१ गोलले पराजित गर्यो। म्यानचेस्टरको जितमा क्रिस्टियानो रोनाल्डो र लिंगार्डले एक एक गोल गरे।
खेलको ३० मिनेटमा बेनराहमाले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए।
३५ मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काउन सफल भए।
खेल सकिन एक मिनेट बाँकी छदा लिंगार्डले माटिकले उपलब्ध गराएको पासमा गोल गर्दा म्यानचेस्टरले खेलमा अग्रता लिन सफल भयो।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा वेस्ट ह्यामले पाएको पेनाल्टीमा गोल गर्न असफल हुँदा बराबरी गर्ने मौका गुमायो।
वेस्ट ह्यामका मार्क नोबलको पेनाल्टीलाई प्रहारलाई म्यानेचस्टर युनाइटेडका गोलकिपरले सेभ गरेका थिए।
जितसँगै म्यानचेस्टरले अंक तालिकाको शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भयो।
लिभरपुल ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ। गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टरको समान खेलबाट समान अंक छ।