स्पेनिस ला लिगमा रियल म्याड्रिडले जित हात पारेको छ। रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियालाई २-१ गोलले पराजित गर्यो।
खेलमा अग्रता भने भ्यालेन्सियाले लियो। भ्यालेन्सियाका लागि डुरोले ६६ मिनेटमा गोल गरेका थिए।
८६ मिनेटमा रियलका भिनिसियस जुनियरले बराबरी गोल फर्काउन सफल भए।
८८ मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियलले खेलमा अग्रता लिएको थियो।
बेन्जिमाले जारी सिजनमा ६ गोल र ५ एसिस्ट गरिसकेका छन्।
जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
रियलको ५ खेलबाट १३ अंक भएको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ११ अंक छ।