इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ।
लिभरपुललाई शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले ३-३ गोलको बराबरीमा रोकेको हो।
खेलको २७ मिनेटमा पिन्नोकले गोल गरेर ब्रेन्टफोर्डलाई अग्रता दिलाए। ३१ मिनेटमा लिभरपुलका जोटाले बराबरी गोल फर्काए।
५४ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर ६३ मिनेटमा ब्रेन्टफोर्डका जनेटले बराबरी गोल गरे।
६७ मिनेटमा जोन्सले गोल गरेपछि लिभरपुलले खेलमा दोस्रो पटक अग्रता लियो। तर ८२ मिनेटमा ब्रेन्टफोर्डका विसाले बराबरी गोल गर्न सफल भए।
अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलबाट १४ अंक भएको छ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ खेलबाट १३ अंक छ। तेस्रो स्थानको चेल्सी र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको पनि समान १३-१३ अंक छ।