युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फराकिलो जित हात पारेको छ।
समूह ‘ए’ को खेलमा सिटीले क्लब ब्रुगमाथि ५-१ को जित निकाल्यो। सिटीका लागि कान्सेलोले ३० मिनेटमा पहिलो गोल गरे।
महारेजले ४३ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे। वाकरले ५३ मिनेटमा तेस्रो र पाल्मरले ६७ मिनेटमा चौथो गोल गरेका थिए।
महारेजले ८४ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे।
समूहमा सिटी ६ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको पिएसजीको ७ अंक छ।