सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गरेको छ।
आइतबार ला लिगाअन्तर्गत बार्सिलोनाको मैदानमा भएको खेलमा रियलले घरेलु टिमलाई २-१ गोलले पराजित गरेको हो।
रियलको जितमा अलाबा र भाज्क्युले गोल गरे।
अलाबाले उनले खेलको ३२ मिनेटमा गोल गरेका थिए। उनलाई रोद्रिगोले गोल गर्न पास दिएका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा भाज्क्युले रियलका लागि दोस्रो गोल गरेका थिए।
इन्जुरी टाइमको सातौं मिनेटमा बार्सिलोनाका लागि सर्जियो अग्युरोले गोल फर्काए। तर त्यतिबेलासम्म बार्सिलोनालाई खेलमा फर्कन ढिला भइसकेको थियो।
अग्युरोले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन्।
जितसँगै रियल ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
रियलको ९ खेलबाट २० अंक भएको छ। दोस्रो स्थानको सेभिया र तेस्रो स्थानको रियल सोसिडाडको पनि समान २०-२० अंक छ।
बार्सिलोना भने ९ खेलबाट १५ अंक जोड्दै आठौं स्थानमा छ।