इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित हात पारेको छ। आइतबार युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टिमलाई ५-० गोलले पराजित गर्यो।
खेलमा लिभरपुलले पहिलो हाफमै ४-० गोल गरेको थियो।
लिभरपुलका लागि मोहमद सलाहले ह्याट्रिक गरे। उनले खेलको ३८ मिनेट, पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेट र ५० मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
त्यसअघि खेलको पाँचौ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। जोटाले १३ मिनेटमा लिभरपुलको अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफमै युनाइटेडले चार गोल खाएपछि उसका हजारौं समर्थक प्यारापिट छाडेर मैदान बाहिर निस्किएका थिए।
खेलको ६० मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो। युनाइटेडका मिडफिल्डर पाउल पोग्बा रातो कार्ड पाउँदै मैदान बाहिर निस्किएका थिए। पोग्बाले केइटालाई फल गरेका थिए।
जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
लिभरपुलको ९ खेलबाट २१ अंक छ। शीर्ष स्थानको चेल्सीको २२ अंक छ। युनाइटेड भने ९ खेलबाट १४ अंक जोड्दै सातौं स्थानमा छ।