इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको चेल्सी पराजित भएको छ।
चेल्सीलाई शनिबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले ३-२ गोलले पराजित गर्यो।
वेस्ट ह्यामले खेलमा दुई पटक पछि परेको स्थिति उल्टाएको थियो।
खेलको २८ मिनेटमा थियागो सिल्भाको गोलबाट चेल्सीले खेलमा अग्रता लियो। ४० मिनेटमा वेस्ट ह्यामका लागि लान्जिनीले पेनाल्टीबाट बराबरी गोल गरे।
४४ मिनेटमा माउन्टले गोल गरेपछि चेल्सीले खेलमा दोस्रो पटक अग्रता लियो।
५६ मिनेटमा वेस्ट ह्यामका जारोड बोवेनले गोल गर्दै खेललाई फेरि बराबरीम ल्याएका थिए।
खेल सकिन तीन मिनेट बाँकी छदा वेस्ट ह्यामले अग्रता लियो। उसका लागि मसुआकुले गोल गरेका थिए।
अंक तालिकामा शीर्ष स्थानको चेल्सीको १५ खेलबाट ३३ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको १४ खेलबाट ३२ अंक र तेस्रो स्थानको लिभरपुलको ३१ अंक छ।
चौथो स्थानमा रहेको वेस्ट ह्यामले १५ खेलबाट २७ अंक जोडेको छ।