सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले तेस्रो जित हात पारेको छ।
एनआरटीले दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २-० गोलले पराजित गर्यो।
एनआरटीको जितमा दुवै गोल दर्शन गुरुङले गरे। उनले खेलको ६९ मिनेटमा पहिलो गोल गरेको थिए। ७३ मिनेटमा उनले अग्रता दोब्बर पारे।
जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। एनआरटीले ९ खेलबा६ १३ अंक जोडेको छ।
यससँगै नवौं चरण सकिएका छन्। यद्यपी नेपाल पुलिस क्लब र च्यासल युथ क्लबको खेल भने कोरोना भाइरसका कारण स्थगित भएको छ।
च्यासलका १९ खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित गरिएको हो।
अंक तालिका