नेपाल आदिवासी जनजाति महासंघले एकजाति एक प्रतिनिधि सुनिश्चित नगरेकोप्रति विरोध जनाएको छ । महासंघ र सरकारवीच भएको २० बुँदे सम्झौता अनुसार एक जाति एक प्रतिनिधि सुनिश्चित नभएको भन्दै महासंघले विज्ञप्ती जारी गर्दै घोर आपत्ति प्रकट गरेको हो ।
देशमा अहिले संविधानसभाको निर्वाचनको प्रकया अगाडि बढिरहेको अवस्थामा चार राजनीतिक दल मात्रको निर्णयवाट संविधानसभा सदस्य सिट संख्या ६०१ वाट घटाई ४९१ कायम गर्ने सहमति र निर्वाचन आयोगले प्रस्ताव गरेको थ्रेसहोल्ड प्रति नेपाल आदिवासी जनजाति महासंघ घोर आपत्ति प्रकट गरेको छ । विज्ञप्ती मार्फत विघटित सविधानसभा निर्वाचनको निर्वाचन ऐन नियमलाई यथावत कायम राख्न समेत नेपाल आदिवासी जनजाति महासंघले जोडदार माग गरेको छ ।