प्रधानन्याधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्षमा जानु प्रधानन्यायाधीशको आचारसंहिता २०६५ र संविधानको धारा १०६ विपरीत भएको दाबी गर्दै अधिवक्ता भरतमणि जंगमले सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता गरेका छन् ।
उनको रिटमा रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । जंगल सोमबार नै रिट अदालतमा पेस गरे पनि मंगलबार बल्ल दर्ता भएको सहकर्मी विनिता दाहालले जानकारी गराइन् ।