निश्चित मापदण्ड र अनुगमन नहुँदा यहाँका निजी अस्पतालले सघन उपचार कक्ष (आइसियु) को शड्ढया शुल्क मनपरी असुल्ने गरेका छन् ।
वीर अस्पतालमा आइसियुमा शुल्क एक रातको शुल्क करिब ३ हजार छ, तर नाम चलेका राजधानीका निजी अस्पताल लाइफकेयर, ओम, ग्रान्डी, किस्ट मेडिकल कलेज, बिएन्डबी, ब्लुक्रसलगायतमा प्रारम्भिक तहको शुल्कमात्रै वीरको भन्दा चार गुणा बढी छ ।
निजीमा पनि शड्ढया शुल्कमा एकरूपता छैन । गम्भीर अवस्थाका बिरामीलाई प्रदान गरिने यो सेवा ‘कमाउ माध्यम’ बनेको छ । आइसियु पनि अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न अस्पतालका जनरल वार्डभन्दा माथिल्लो तहका नभएको आजको नागरिकमा खबर छापिएको छ ।
नागरिकले विभिन्न अस्पतालमा चिकित्सक–कर्मचारी एवं उपभोक्तासँग संकलन गरेको विवरणअनुसार निजी क्षेत्रमा अन्य सुविधाका हिसाबले कमजोर अस्पतालले नै आइसियु शुल्क बढी लिने गरेको देखिन्छ । अस्पतालले आइसियु र भेन्टिलेटरका नाममा लिने शुल्क पनि चर्को छ । आइसियु सेवाशुल्क एकथरी तोकिए पनि अधिकांश अस्पतालले सेवापिच्छे रकम थपेर दुईदेखि तीन गुणा पु¥याउँछन् ।
‘अधिकांश निजी अस्पतालले आइसियुमा शड्ढया शुल्क न्यून जोडे पनि विभिन्न नाममा छुट्टाछुट्टै शुल्क लिने गरेका छन्,’ वीरका आइसियु विशेषज्ञ डा. रविराम श्रेष्ठ भन्छन्, ‘आइसियु भेन्टिलेटर भनेपछि अरू डाक्टरी जाँच पनि प्याकेजमै हुनुपर्छ ।’ आइसियुजस्तो संवेदनशील सेवा पनि सबैभन्दा बढी व्यापारिक बनेको उनको बुझाइ छ । ‘संसारमा अन्त कहीँ पनि यति गम्भीर उपचारमा शुल्कको मापदण्ड नै नहुने भन्ने हुन्न,’ डा. श्रेष्ठ भन्छन्, ‘नेपालमा लुट नै छ ।’
राजधानीमा मात्रै ५० शड्ढयाका झन्डै ४० भन्दा बढी अस्पतालमा आइसियु सेवा छ । भेन्टिलेटरले फोक्सोलाई श्वासप्रश्वासमा सघाए–नसघाएको जाँच गर्ने एबिजी मेसिन नभएका र नर्सका भरमा सेवा दिने ‘आइसियु’ले पनि महँगो शुल्क लिने गरेका छन् ।