पूर्व सभासद सदरुल मियाँ कहको हत्या कन्ट्रयाक्ट किलर बाट भएको प्रहरीको प्रारम्भिक अनुमानमा खुलेको छ । प्रहरीले हक हत्याको ठोस तथ्य फेला पार्न अझै समय लाग्ने बताउँदै कन्ट्रयाक्ट किलरमार्फत हकसँग रिसीइबी साध्न हत्या गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको आजको नागरिकमा खबर छ ।
सगरमाथा अञ्चल प्रहरी प्रमुख भोगबहादुर थापाले भने, हत्याका मूख्य योजनाकार पक्राउ गर्न र कारण पत्ता लगाउन अझै केहि समय लाग्छ । हत्यामा कन्ट्रयाक्ट किलर संलग्न रहेको देखिन्छ । उनले भने,' एभिडेन्स धेरै फेला परिसक्यो, अभियुक्त छिट्टै पक्राउ पर्छ ।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डिआइजी परशुराम खत्रीका अनुसार अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको तथ्यका आधारमा अपराध नजिक प्रहरी पुगिसकेको अवस्था छ, पक्रन मात्र बाँकी छ । जेठ ६ गते राती सप्तरीको कल्याणपुर २ विसनपुरस्थित आफ्नै प्रेट्रोलपम्पमा हकको हत्या भएको थियो ।