चालू आर्थिक वर्षको १० महिनासम्म सरकार ५६ अर्ब बचतमा रहेको छ। हालसम्म सरकारको खर्चको अनुपात र राजश्व संकलन तथा विदेशी सहयोगको आधारलाई हेर्दा आर्थिक वर्ष सकिदाँ करिब ७० अर्ब रुपैयाँ बचतमा रहने अनुमान गरिएको छ। पुजीँगत खर्च हुन नसक्दा सरकार उच्च बचतमा रहेको आजको कारोबारमा खबर छ। सरकार बचतमा रहदाँ वित्तीय क्षेत्रको तरलता अभावसमेत देखिएको छ।