अन्तरिम चूनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सबै दलको सहभागीतामा भयरहित वातावरणमा चुनाव गराउने सरकारको एकमात्र लक्ष्य रहेको दोहोर्याएका छन् ।
निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनको नवौ साधारणसभालाई शुक्रबार काठमाडौमा समुद्घाटन गर्दे रेग्मीले वर्तमान सरकार निर्वाचन सम्पन्न गर्नका लागि नै गठन भएकोले सबैदलको सुनिश्चीततासँगै समाबेशी चरित्रको निर्बाचन गराउने तयारीमा सरकार रहेका बताए ।
कार्यक्रममा रेग्मीले निर्वाचनबाट नै मुलुकले निकास पाउने भएकाले निर्वाचनका लगि रचनात्मक भूमिका खेल्न दलहरुलाई आग्रह गरे । उनले सरकार निर्बाचन सम्पन्न गर्नका लागी कटिबद्ध रहेको समेत जिकीर गरेका थिए ।
गुणस्तरिय शैक्षिक प्रणाली नभएकै कारण नेपाली युवाहरु बिदेशिन बाध्य भएको भन्दै बिद्यालय मैत्री शिक्षा प्रणाली लागू गर्ने बिषयमा छलफल भईरहेको रेग्मीले बताए । कार्यक्रममा शिक्षा मन्त्री माधब पौडेल, प्याब्सन अध्यक्ष बाबुराम पोखरेल लगायतले बोलेका थिए ।
दुई दिनसम्म चल्ने साधारणसभा घोषणापत्र जारी गर्दे शनिबार सकिने प्याब्सनले जनाएको छ ।