पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा बुधबार नियुक्ति गरेको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनले गर्ने भनेको भोलि आइतबारको नेपाल बन्द फिर्ता भएको छ ।
'निरन्तरको बन्दले जनजीवनमा नराम्रो असर पार्ने भन्दै बन्दकर्ता विद्ध्यार्थी संगठनले आइतबारको बन्द फिर्ता गर्न लागेको बताएका हुन् ।
शनिबार अनेरास्वियु केन्द्रीय कार्यालयमा बसेको बैठकले बन्द फिर्ताको घोषणा गरेको हो।