टिकापुरबाट कालिकोट जाँदै गरेको एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको ज्यान जानुका साथै एक दर्जन घाइते भएका छन्।
मध्यपश्चिम यातायातको ना ३ ख ४७९३ नम्वरको बस सोमबार दिउँसो कर्णाली राजमार्ग अर्न्तगत दैलेखेको सिगौडी, साई गाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा यात्रा गरिएको एक दर्जन बढी घाईते भएका छन्। मृतकहरुको सनाखत हुन सकेको छैन्। घटनास्थल सवारीसाधनमा दैलेखबाट ६ घण्टा र कालिकोटबाट ४ घण्टाको दुरीमा छ।