बाराबाट किर्ते विवरण पेस गरि नेपाली नागरिकता बनाउन खोजेका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
बाराको कवहीगोठ र सिम्रोनगढमा सञ्चालित एकीकृत घुम्ती सेवा शिविरबाट हर्दिया–६ बस्ने इमरित यादवले २१ वर्षीय भारतीय नागरिक भुकी नारायण यादव र सिम्रोनगढ घुम्ती सेवा शिविरमा बारा हरिपुर–४ बस्ने हृदयनारायण साह कानुले भारतीय नागरिक मनोजकुमार साहलाई छोरा बनाइ नेपाली नागरिकता दिलाउन खोजेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।