नेपाल राष्ट्र बैंकले व्यवसायीको मागलाई ध्यानमा राखी जेठ मसान्त सम्मका लागि सुन बिक्रीको सीमा दैनिक १५ किलोबाट बढाएर २० किलो पुर्याएको छ।
नेपालमा सुनचादीको मूल्यमा गिरावट आउन थालेपछि राष्ट्रबैकले सुन बिक्री सिमा बढाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार नेपाली बजारमा छापावाल सुनको प्रतितोला रु ५० हजार, तेजावी सुन ४९ हजार सात सय ५० र चाँदी ८ सय ५५ कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा सुनमा प्रतिऔँस मूल्य ३३ डलरले घटेर एक हजार तीन सय ९२ डलर कायम भएको, डलर बलियो बनेको, सेयरबजार राम्रो हँुदै गएको र तेलको भाउमा कमी आएका कारण सुनको भाउ तल झरेको कारण विगत दुई दिनदेखि सुनको मूल्यमा कमी आएको महासङ्घले जनाएको छ।